ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/jyotilife.jpg 768w” sizes=”(max-width: 500px) 100vw, 500px” />
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले बीमा समितिबाट श्रावण ६ गते स्वीकृत भएअनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७र७८ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको ज्योति एजी पे जीवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्