कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला, हत्या भएको आशंका

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/kohalpur-1024×425.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/kohalpur-768×319.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/kohalpur.jpg 1201w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् ।

आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको  छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएकाे छ ।
कमेन्ट गर्नुहोस्