आज प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22.jpg 1240w” sizes=”(max-width: 500px) 100vw, 500px” />
मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ  ।

दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।

कमेन्ट गर्नुहोस्