मारवाडी सेवा संघकाे नवनिर्मित भवनमा शाकाहारी भोजनकाे सुविधा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/66-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/66-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/66-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/66.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
मारवाडी समुदायको साझा संस्था मारवाडी सेवा संघ भैरहवाकाे नवनिर्वित भवनमा शाकाहारी भोजनालय खुलेकाे छ । ०४८ सालमा स्थापित संस्थाले स्थापना कालदेखि नै भोजनालय र विश्रामगृहको योजना बनाए पनि हाल मात्रै आएर संघमार्फत सेवा सुरु भएको हाे ।

संघले विश्राम गृह भने ०५२ सालदेखि सुरु गरेकाे संघका पूर्वअध्यक्ष नारायणप्रसाद अग्रवालले बताए । शुद्ध र सफा शाकाहारी खाना खुवाउने उद्देश्यले संघको नयाँ निर्मित भवनको भुँइ तलामा भोजनालय सुरु भएको छ । बिहानको नास्ता, दिउँसोको खाना र रातिको खाना गरी सिमित समयमा सेवा निरन्तर हुने भोजनालायको उद्घाटन गर्दै पूर्वअध्यक्ष अग्रवालले भने ।

बिहान १० बजेसम्म खाजा, त्यसपछि ११ देखि ३ बजेसम्म दिउँसोको खाना र बेलुका ७ देखि ९ बजेसम्म साँझको खानाको व्यवस्था गरेका छौं, यसका अलावा मिठाई, नम्किन लगायत परिकार पनि संघले तोकेको सुपथ मूल्यमा व्यवस्थापन गरिएको संघका अध्यक्ष हेमन्त अग्रवालले जानकारी दिए ।

नास्ता १२५ रुपैयाँमा, खाना १८० र स्पेशन मारवाडी खाना २५० रुपैयाँ तोकिए पनि मासिक रुपमा नियमित खानेका लागि आठ हजारको प्याकेजमा बिहान साझको खाना खुवाउने अध्यक्ष अग्रवालले भने ।

कमेन्ट गर्नुहोस्