कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।

कमेन्ट गर्नुहोस्