फास्ट ट्र्याक आयाेजना समयमै सक्न कार्यतालिका बनाएर कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/fast-track-11-1024×446.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/fast-track-11-768×334.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/fast-track-11.jpeg 1275w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौ–मधेश फास्ट ट्र्याक आयोजनाको काम समयमा नै सक्न सरकारलाई निर्देशन दिएको छ । त्यसका लागि समितिले ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न भनेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले अहिलेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्‍न हुनेमा समिति विश्‍वस्त नदेखिएको भन्दै आयोजनाको लागत नबढ्ने गरी समयमा नै सक्ने गरी विश्वसनीय आधारसहितको ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । उक्त कार्यतालिका यथाशिघ्र समितिलाई उपलब्ध गराउन मन्त्रिपरिषद् कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनाहरूलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्‍चालन गर्दा यसका वातावरणीय पक्षहरूको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेश्रो पक्षबाट हुने अनुगमनको कार्यान्वयनको जानकारी १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको सभापति खड्काले बताइन् ।

२०८१ साल मंसिर महिनासम्म सम्पन्‍न हुने भनिएको बहुप्रतिक्षित एशियन हाइ–वे मापदण्डको राष्ट्रिय गौरवको उक्त आयोजनाको हालसम्म २१ दशमलव १८ प्रतिशत मात्रै समस्टिगत प्रगति भएको छ भने पूर्वनिर्धारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरू अघि बढ्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्