भारतमा एकै दिन बीस हजार कोरोना सङ्क्रमित

Share:
arthasanjal.com/wp-content/uploads/2021/11/corona-delta-1024×768.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/11/corona-delta-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/11/corona-delta.jpg 1200w” sizes=”(max-width: 400px) 100vw, 400px” />

भारतमा बितेका २४ घण्टामा २० हजार दुई सय ७९ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । भारतमा यसअघि तीन दिनसम्म कोरानाको दैनिक सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको थियो ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार भन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनमा १८ हजार एक सय ४३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख १० हजार पाँच सय २२ पुगेको छ

कोरोना महामारीबाट एक दिनमा ३६ जनाको मृत्यु भएको यसैसँगै कोरोनाको कारण हालसम्म पाँच लाख २६ हजार ३३ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।

कमेन्ट गर्नुहोस्