ट्विटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको छ । टेस्ला मालिक मस्कले हालसालै ट्विटरसँगको सम्झौता परिवर्तन गर्ने इच्छा देखाएका थिए ।
तर, ट्वीटर पूर्ववत सम्झौताअनुसार अगाडि बढ्न चाहन्छ । तसर्थ, दुई पक्षबीच मतभेद बढ्दा यो विषय अदालतसम्म पुगेको छ ।सन् २०२२ को अप्रिलदेखि जुनसम्म सक्रीय प्रयोगकर्ताको संख्या २३७ मिलियन पुगेको तर २७० मिलियन नै कुल घाटा भएको कम्पनीले जनाएको छ ।
मस्क सम्झौताबाट पछि हट्दा १ अर्ब डलर टर्मिनेसन शुल्कको जोखिम रहेको बीबीसीले जनाएको छ । फर्मले स्पाम र नक्कली खाताहरूको विषयमा आफ्नो अडान कायमै राखेको छ । सोही विषयलाई लिएर मस्क सम्झौताबाट भागेका थिए ।
कमेन्ट गर्नुहोस्