सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट श्रोत नखुलेको साढे १७ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको टोलीले २ जनालाई नियनत्राणमा लिएको छ ।
रकमसहित पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्तिटोलका १७ वर्षीय विबेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामी रहेका छन् । शनिबार बिहान साढे ५ बजेको पक्राउ परेका उनीमारुमाथि थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्