नेमकिपाको प्रस्ताव : लिखित अन्तवार्ता पछि मात्रै नागरिकता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/prem-suwal-samsad-768×511.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/prem-suwal-samsad.jpg 1000w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनु पर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीकातर्फवाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन् ।

‘नेपालमा जन्मेर मात्रै हुदैँन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ बर्ष पछि र बेलायतमा ६ बर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० बर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’ जारी बैठकमा सरकारले पेश गरेको नागरिकता बिद्येयकका बारेमा छलफल जारी छ ।

कमेन्ट गर्नुहोस्