बिदेशमा काम गर्ने ७१% श्रमिकले कोभिडकालमा तलब पाएनन्

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/malesia-768×416.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/malesia.jpg 840w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कोभिड(२९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड(१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन् ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । सो अध्ययनले खाडीका श्रम गन्तव्यहरु कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स तथा मलेसियामा कार्यरत श्रमिकले तलब नपाएको, कटौती भएको तथा ढिलो तलब पाएको उल्लेख छ । श्रम आप्रवासन विज्ञ डा. जीवन बानियाँले अध्ययनका क्रममा सहभागीमध्ये ४० प्रतिशत श्रमिकले कोभिड-१९ का कारण आफ्नो रोजगारी गुमाएको बताए ।

कमेन्ट गर्नुहोस्