अन्नपूर्ण केबलकारको मनसुन अफर, ग्राहकलाई २० प्रतिशतसम्म छुट

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/AnnapurnaCable_20220714182608-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/AnnapurnaCable_20220714182608.jpg 900w” sizes=”(max-width: 450px) 100vw, 450px” />

पोखराको अन्नपूर्ण केवलकारको शुक्रबारबाट पुनः सञ्चालन हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै अर्थात शुक्रबारदेखि संचालनमा आउने भएको हो ।

केबुलकारले आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि साउन ६ गतेदेखि भाद्र ३१ गतेसम्म २० प्रतिशतसम्म छुट दिने भएको छ । केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ ।

पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजे देखि सांझ ६ः०० बजे सम्म नियमित रुपमा संचालन हुनेछ ।

कमेन्ट गर्नुहोस्