
भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी र बलिउडका महानायक अमिताभ बच्चन साथी हुन् । दुवैले राजनीतिमा पनि साझेदारी गरेका थिए ।
अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन हिन्दी भाषाका कवि र लेखक थिए । उनी हिन्दी कविताको छायावाद कालका प्रमुख कविहरूमध्ये एक हुन् । उनको सबैभन्दा प्रसिद्ध कृति मधुशाला हो ।
हरिवंशले भारत सरकारको तर्फबाट पद्म भूषण पाएका छन् । हरिवंशलाई भारत सरकारले पद्म भूषणको लागि आमन्त्रित गर्दा सम्पूर्ण बच्चन परिवारले उनलाई अवार्ड ग्रहण गरेको हेर्न चाहन्थे तर दुई जना मात्र जान पाएका थिए ।
त्यसमा पनि अन्तिम समय बाबुसँग अमिताभ मात्र पुगेका थिए । हरिवंश राय बच्चनसँगै उनका दुई छोरा अमिताभ र अजिताभ जाने तयारीमा थिए ।
तीनै जनाको तयारी जया बच्चन आफैँले गरेकी थिइन् । तीनै जनालाई उनले कालो सुटको व्यवस्था गराएकी थिइन्
यसका लागि टेलरलाई फोन गरेर विशेष रूपमा सुट तयार पारिएको थियो तर अन्तिम क्षणमा अजिताभको स्वास्थ्य बिग्रिएपछि अमिताभ बच्चन र उनका बुवा मात्र गएका थिए ।
अमिताभ बच्चन आफ्ना बुवासँग अवार्ड समारोहमा सहभागी हुन दिल्ली पुगेका थिए । उनी तयारीका लागि सुट निकाले तब भाइ अजिताभको सुट भेटाए । झोलाबाट अजिताभको सुटको सट्टा अमिताभ बच्चनको सुट निकालिएको थियो ।
यसपछि अभिनेताले आफ्नो मिल्ने साथी राजीव गान्धीलाई सम्झे । राजीव गान्धीले पनि अमिताभका लागि आफ्नो कुर्ता, पाइजामा र शाल पठाइदिए । जसलाई लगाएर अमिताभ बच्चन अवार्ड समारोहमा पुगेका थिए ।

arthasanjal.com/wp-content/uploads/2022/07/rajiv-gandhi-amitabh-768×433.jpg 768w, 






