स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/spain-768×430.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/spain.jpg 1023w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी  रेकर्ड गरिएको छ ।

‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’
पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको  छ ।

कमेन्ट गर्नुहोस्