छानबिन समितिसँग जनार्दन शर्माले भने : बजेट निर्माणमा असम्बन्धित व्यक्तिको संलग्नता छैन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-4-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-4-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-4.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय विषेश छानबिन समितिमा पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको जिकिर गरेका छन् । समितिको बैठकमा आज (बिहीबार) बयान दिँदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपमा सत्यता नभएको दोहाेर्‍याएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समितिले यो प्रकरणमा मुछिएका भनिएका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज शर्मासँग पनि सोधपुछ गरेको हो । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए । स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्