युक्रेनी प्रथम महिला अमेरिका भ्रमणमा किन ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ukraine_first_lady_olena_zelenska-1024×684.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/ukraine_first_lady_olena_zelenska-768×513.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ukraine_first_lady_olena_zelenska.jpeg 1041w” sizes=”(max-width: 449px) 100vw, 449px” />

उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का अमेरिका भ्रमणमा रहेकी छिन् । प्रथम महिलाको भ्रमण उनको पति तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कांग्रेसलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेको एक महिनापछि आएको हो ।

सो अवसरमा उनले थप सैन्य उपकरणहरूको लागि अमेरिकालाई दबाब दिएका थिए । जेलेन्स्काले सोमबार विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेटिन । मंगलबार उनले समकक्षी जिल बाइडेनसँग वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । उनले बुधबार क्यापिटल हिलमा सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रथम महिलाबीचको यो भेट दोस्रो पटक भएको हो । यसअघि मे महिनामा जिल बाइडेनले अघोषित भ्रमणका क्रममा जेलेन्स्कासँग भेट गरेकी थिइन् । युक्रेन सरकारमा जेलेन्स्काको कुनै आधिकारिक पोर्टफोलियो छैन् । युक्रेनमा रुसले हमला गरेको पाँच महिनापछि पनि किभले अमेरिकाबाट ठूलो मात्रामा सैन्य तथा राजनीतिक सहयोगको अपेक्षा गरिरहेको छ ।

कंग्रेसले यसअघि युक्रेनका लागि झन्डै ४० अर्ब डलर सहयोग अनुमोदन गरेको छ । उक्त सहयोग सेप्टेम्बरको अन्त्यसम्ममा प्रदान गरिने जनाइएको छ । सोमबार जेलेन्स्काले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीका प्रमुख सामन्था पावरलाई पनि भेट गरिन् ।

कमेन्ट गर्नुहोस्