पार्टी प्रशिक्षण भेलामा कड्किँदै ओलीले भने- यस्तो तालले एमालेले गरिखाँदैन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/KP-Sharma-OLI-768×466.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/KP-Sharma-OLI.jpg 890w” sizes=”(max-width: 494px) 100vw, 494px” />

एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा निकै ठूलो अन्तर्घात भएको भन्दै आपत्ति जनाएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा ओलीले बुधबार संगठित र क्रियाशील सदस्य भएका ठाउँमा समेत एमाले उम्मेदवारको कम मत आएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले वडा कमिटीमा ३९ जना कमिटी सदस्य रहेकोमा निर्वाचनमा २४ मत आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ओलीले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रचार गर्दै आएको भन्दै तीव्र रोष प्रकट गरे । ‘यस्तो तालले एमाले गरिखाँदैन । पार्टी यसरी चल्दैन । यो त बेइमान भयो,’ ओलीले भने ।

कमेन्ट गर्नुहोस्