झापाको सिमलडाँगीमा आगलागी, ६ घर जलेर नष्ट

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/jhapa-768×432.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/jhapa.jpeg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

झापामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा बुधबार बिहान आगलागी हुँदा ६ वटा घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान करिब तीन बजे स्थानीय अब्दुल करिम अलीको घरमा विद्युतीय मिटर सर्ट भई आगलागी भएको थियो । सर्ट हुँदा अब्दुलको घरसँगै जोडिएका अन्य पाँच घर पनि जलेर खरानी भएका थिए । अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयको नेतृत्वमा करिब ३ घन्टापछि आगो नियन्त्रण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्