एसईई परीक्षाको नतिजा सोमबार प्रकाशन गर्ने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/see-1024×515.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/see-768×386.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/see.jpg 1040w” sizes=”(max-width: 500px) 100vw, 500px” />

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ । प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।

कमेन्ट गर्नुहोस्