सिंहदरबारमा कम्युनिस्ट नेताहरूकाे छलफल

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/q-4-768×367.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/q-4.jpg 838w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पाँच कम्युनिस्ट नेताहरु छलफलमा जुटेका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।

नेताहरूकाे छलफल सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जारी छ । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन । यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक्ने बताइएको छ ।  गत असार १९ गते पनि पाँच नेताबीच वार्ता भएको थियो ।

यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्