पचरौताका प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन, आवश्यक सेवा समेत बन्द

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/pachrauta-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/pachrauta-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/pachrauta.jpg 1500w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९/८० को नगरसभा समेत भएकाे छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा पचरौता नगरपालिकाकाे सेवा अवरुद्ध भएकाे हाे । नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नबिकरण हुन नसकेकाे नगरप्रमुख जलन्धर सिंह जैसवारले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत यादव विनाजानकारी सम्पर्कविहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेकाे छैन । नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिग्ङ सेन्टर र ल्याबको सम्पूर्ण सेबा बन्द भएको नगर प्रमुख जैसवालले बताए ।

’प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्किविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने । नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तिमध्ये २२ जना करारका छन् ।

कमेन्ट गर्नुहोस्