प्रधानमन्त्री दौडमा ऋषि सुनकको अग्रता कायमै

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/rishi_sunak.png 768w” sizes=”(max-width: 449px) 100vw, 449px” />

बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राखेका छन् । कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उनले आफ्नो अग्रता कायमै राखेका हुन् ।

सोमबार भएको कन्जरभेटिभ सांसदको तेस्रो चरणको मतदानमा  सुनकले ११५ मत पाएका छन् भने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले ८२ र विदेशमन्त्री लिज ट्रसले ७१ मत प्राप्त गरेका छन् ।

यसअघि प्रधानमन्त्री जोनसनले दलको नेताबाट राजीनामा दिए पनि अगस्टपछि मात्र प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका थिए । नयाँ प्रधानमन्त्री ५ सेप्टेम्बरमा घोषण हुने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्