
राजधानीको जोरपाटीस्थित चामुण्डामा लागि बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । लेदो माटो र पानीसहित निस्किएको ग्याँसको फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ ।
स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा फोहरा निस्किएको हो । प्रत्यक्षदर्शीका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान उक्त स्थानबाट फोहरा निस्किएको हो ।
यसबारे अध्ययन गर्न खानी विभागका अधिकारीहरुलाई बोलाएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले आफूले पनि स्थलगत रुपमै हेरेर फर्किएको बताए । थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्