लन्डनमा अत्यधिक गर्मी, धावनमार्ग पग्लिएपछि उडान स्थगित

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Terminal-exterior-1380×777-1-1024×577.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Terminal-exterior-1380×777-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Terminal-exterior-1380×777-1.jpg 1380w” sizes=”(max-width: 500px) 100vw, 500px” />

लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ ।

चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ । सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो । इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ ।  मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् । बन्दका कारण केही विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्