६ वटा संसदीय समितिहरुको बैठक आज

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sanghiya_samsad-768×441.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sanghiya_samsad.jpg 926w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 संघीय संसद्अन्तर्गतका ६ वटा समितिहरूको बैठक आज (मंगलबार) बस्दैछ । शिक्षा तथा स्वास्थ्य, कृषि सहकारी तथा प्राकृतिक श्रोत, महिला तथा सामाजिक, विकास तथा प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक तय भएको छ ।

शिक्षा समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ । बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा छलफल हुनेछ । कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पनि ११ बजेका लागि बोलाइएको छ । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि दफावार छलफल हुनेछ ।

महिला तथा सामाजिक समितिको समेत ११ बजे नै बस्दैछ । समितिको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०७८÷२०७९ को कार्यप्रगति र आगामी आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल हुनेछ ।

विकास तथा प्रविधि समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्डका सम्बन्धमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक दिउँसो १ः३० बजेका लागि तय भएको छ । बैठकमा यो समितिबाट तारागाउँ विकास समितिलाई दिइएका निर्देशन तथा सुझावहरुका कार्यान्वयनका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो २ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा पछिल्लो समय बेरुजुको आकार बढ्दै गएकोले त्यसको कारण र महालेखा परीक्षकको कार्यालयको भूमिका सम्बन्धमा छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्