काठमाडौं महानगरले खरिद गरेका तीनवटा दमकल वीरगंज आइपुग्यो

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/damkal-1024×638.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/damkal-768×478.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/damkal.jpg 1100w” sizes=”(max-width: 482px) 100vw, 482px” />

काठमाडौं महानगरपालिकाले खरिद गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । अघिल्लो वर्ष नै खरिद सम्झौता भएको दमकल वीरगञ्ज भन्सार कार्यालयमा आइपुगेको छ । इन्डोनेसिया कम्पनीमा निर्मित उक्त दमकल मंगलबार काठमाडौं आइपुग्ने महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जनकारी दिए ।

अघिल्लो वर्ष २०७८ साउन ३ गते मेयर विद्यासुन्दर शाक्यले महानगरको आफ्नै लगानीमा तीनवटा दमकल खरिद गर्न इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए । ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख ७५ हजार ९३३ अमेरिकी डलर (करिब ६ करोड ९१ लाख रुपैयाँ) मा सम्झौता भएको थियो । सोही सम्झौता बमोजिमको दमकल नेपाल आएको श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्