होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Pokhara_Mahanagar_OP-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Pokhara_Mahanagar_OP-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Pokhara_Mahanagar_OP-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/Pokhara_Mahanagar_OP.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयाेग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ ।

त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय संस्था, होटल, रेष्टुरेण्टलगायत संस्थाका व्यवसायिक, गैरव्यवसायिक र पेशागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाई र स्यानिटरी सामग्रीमा महानगरले सहयाेग गर्ने, विशेष लोगो र पहिचानयुक्त संकेत राख्ने छ ।

यसअघि  महानगरकाे कार्यपालिका बैठकबाटै उक्त निर्णय भएको थियो । ईच्छुक संस्थाले साउन मसान्तभित्र आफ्नो विवरण पेश गर्नुपर्ने छ । सहयोग गर्ने संस्था वा कम्पनीको विवरण वेभसाइटमा राख्ने, महानगरबाट उपलब्ध सेवा सुविधामा प्राथमिकता दिने मेयर धनराज आचार्यले बताए । योसँगै चालू आर्थिक वर्षदेखि महानगरले सार्वजनिक शौचालय निर्माणमा विशेष चासो दिएको छ ।

कमेन्ट गर्नुहोस्