पहिरोले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/dumre-1024×444.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/dumre-768×333.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/dumre-1536×665.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/dumre.jpg 1618w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्ण बहादुर अधिकारीले बताए ।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर अवरुद्ध भएकाे  हो ।

पहिरोले  सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्षसमेत पहिरो गएपछि वैकल्पिक रूपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएकाे थियाे । सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन ।

सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन । बर्षा हुनेबित्तिकै पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।

कमेन्ट गर्नुहोस्