प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेट, के के विषयमा भयो कुराकानी ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-balkrishna-gobinda-1024×469.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-balkrishna-gobinda-768×352.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-balkrishna-gobinda.jpg 1275w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका माओवादी नेताहरूसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेटवार्ता गरेका छन् । भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रचण्ड भेट्न आज (सोमबार) बिहान गहृमन्त्री रकानुनमन्त्री उनकै निवास खुमलटार पुगेका हुन् ।

छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए । सो भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्