उपसभामुख चयनपछि स्थगित भयाे संसद् बैठक, अब बुधबार बस्ने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/samsad-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/samsad-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/samsad-1536×1024.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/samsad.jpg 1600w” sizes=”(max-width: 450px) 100vw, 450px” />

प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे । यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’

कमेन्ट गर्नुहोस्