संसदमा गजेन्द्रको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिन हामी कस्ता नेपाली ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/gajendra-mahat-1024×624.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/gajendra-mahat-768×468.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/gajendra-mahat.jpg 1100w” sizes=”(max-width: 493px) 100vw, 493px” />

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् ।

प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताए ।

‘भुटानले लखेट्यो, भारतले लखेट्यो । नेपाली मुलकका भनेर नेपाल आएर बसे । उनीहरुलाई न पानी दियौँ, न घाँस दाउरा दियौँ, न लास गाड्ने ठाउँ दियौँ, न नागरिकता दियौँ, न जागिर दियौँ,’ बैठक महतले भने, ‘तर, अमेरिकाले लग्यो । हामी भन्ने बेला नेपाली मूलकका भन्ने । उनलाई (शरणार्थीलाई) हात धोएको पानी पनि नदिने, हामी कस्ता नेपाली ?’

नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने बताए । ‘भारतको सबै सुखसुविधा छाडेर भारतीयहरु यहाँ नागरिकता लिन आउँछन् ?,’ उनले प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्