विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्दैनन् : गंगा चौधरी

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ganga-chaudhari-768×384.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ganga-chaudhari.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले विवाह गरेर आउने बित्तिकै वैवाहिक अंगीकृत नागरिकता दिने प्रचलित व्यवस्थाको विरोध गरेकी छन् ।

संसदमा जारी नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकारले विवाह गरेर आउने वित्तिकै वैवाहिक नागरिकता दिलाउने व्यवस्थालाई निरन्तरता दिन खोजेको भनी प्रश्न गरेकी हुन् ।

विगतमा विदेशी चेलीको हविगत संसदमा आफूहरुले देखेको उल्लख गदै उनले थपिन, ‘विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्छन ?, कि आफ्नो देशको लागि लेख्छन ?’

कमेन्ट गर्नुहोस्