प्रधानमन्त्री शरेबहादुर देउवालाई भेट्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । एम प्रकरणले चर्चामा रहेका बेला बिहीबार दिउँसो उनी प्रधानमन्त्री देउवासँगको छलफलका लागि बालुवाटार पुगेका हुन् ।
देशको आर्थिक अवस्था र आगामी मौद्रिक नीतिबारे अधिकारीले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरिरहेको बताइएको छ । एम अधिकारी प्रकरणको चर्चाकाबीच प्रधानमन्त्री देउवा र गभर्नर अधिकारीबीच भेट भएको हो ।
सत्ता गठबन्धनका नेताहरुले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर अधिकारी हुन् भन्ने आशंकामा छानबिन गर्न माग गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्