उपसभामुखको निर्वाचन : आज मनोनयन दर्ता, भोलि मतदान

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/samsad-bhawan-1024×597-1-1-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/samsad-bhawan-1024×597-1-1-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/samsad-bhawan-1024×597-1-1.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज (बिहीबार) मनोनयन दर्ता हुने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार मनोनयनका लागि बिहान ११ बजेदेखि १ बजेसम्मको लागि समय तोकिएको छ ।

उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा उल्लेख छ ।

सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भने उम्मेदवारी दिनेबारे कुनै निर्णय गरिसकेको छैन । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि झण्डै चारवर्षयता उपसभामुख रिक्त रहँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्