महालेखाको वार्षिक प्रतिवेदन सार्वजनिक, डेढ खर्बभन्दा धेरैले बढ्यो बेरुजु (प्रतिवेदनसहित)

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/financial-comptroller-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/financial-comptroller-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/financial-comptroller.jpg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

महालेखा नियन्त्रकको कार्यालयले आज (बुधबार) वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाको प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु रकम १ खर्ब ५३ अर्ब रुपैयाँले बढेको देखाएको छ ।

अघिल्लो वर्षसम्म कुल ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । जुन, यो वर्ष डेढ खर्ब रुपैयाँभन्दा धेरैले बढेर ८ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस वर्ष बढेको कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बेरुजुमध्ये संघीय सरकारी निकायमा सबैभन्दा धेरै बेरुजु छ ।

स्थानीय र प्रदेश सरकारका निकायमाभन्दा संघीय सरकारका निकाय सबैभन्दा बढी बेरुजु बढेको हो । संघीय, प्रदेश र स्थानीय सरकारमध्ये यो वर्ष बढेको बेरुजुमा संघीय सरकारी निकायमा सबैभन्दा धेरै बेरुजु भएको पाइएको हो । प्रतिवेदनअुनसार यो वर्ष संघीय सरकारी निकायमा ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु भएको छ । यो स्थानीय सरकारमा भएको बेरुजुभन्दा ५ खर्ब ५७ करोड बढी बेरुजु हो ।

प्रतिवेदन हेर्नुहोस्

 

कमेन्ट गर्नुहोस्