वागमती प्रदेशसभाले पारित गर्यो पाँच अध्यादेश

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bagmati-sabha-768×353.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bagmati-sabha.png 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 वागमती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो ।

बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संसोधन) अध्यादेश २०७८, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संसोधन) अध्यादेश तथा प्रदेश युवा परिषद् (पहिलो संशोधन) अध्यादेश पारित गरेको हो ।

कमेन्ट गर्नुहोस्