तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ७ लाख ५१ हजार बिगो दाबी 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/akhatiyar-1-1-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/akhatiyar-1-1-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/07/akhatiyar-1-1.jpg 900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले सर्वाजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  दायर गरिएको मुद्दामा झासँग ७ लाख ५१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

झाले विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा तत्कालीन गाविस झाले ७ लाख ५१ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा निकाली सरकारी रकम हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्