प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटघाट 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/unnamed.jpg-5.jpg 500w” sizes=”(max-width: 400px) 100vw, 400px” />
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ ।

भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ ।

प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए ।

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न भेटमा उनीहरुले आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने विश्वास व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्