
नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ एक सय रुपैयाँले घटेको हो ।
यससँगै छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ । पछिल्लो दिनयता सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ ।
सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुहोस्