सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच थप ९ मेगावाट विद्युत खरिदबिक्री सम्झौता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Sarbottam_Cement_Logo-1024×532.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Sarbottam_Cement_Logo-768×399.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Sarbottam_Cement_Logo.png 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यस सम्बन्धमा असार १७ गते नेपाल विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्ट लिमिलेड बीच विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादब र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नबराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सर्वोत्तम सिमेन्ट लिमिटेड लाई हाल ८ मेगावाट विद्युत प्रदान गरि रहेकोमा थप ९ मेगावाट विद्युत प्रदान गर्ने सहमति भएको छ । यससँगै सर्वोत्तम सिमेन्ट लिमिटेडले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यसका लागि थप विद्युत प्राप्त गर्नको लागि आवश्यक हुने विद्युतिय सामाग्री तथा ट्रान्सफरमर जडान कार्य अगाडी बढाइएको छ ।

कम्पनीले आन्तरिक श्रोतको सदुपयोग गर्दै देशभित्र उत्पादित जलविद्युतको खपत देशभित्रै बढाउने सरकारको योजनामा सघाउनुका साथै यस अघि सिमेन्ट उत्पादनका लागि अन्य श्रोतबाट प्राप्त गरिरहेको उर्जाको खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिएको छ ।

विशेषगरी यसअघि सिमेन्ट उत्पादनको लागि आवश्यक उर्जा थर्मल, फर्नेस ओयल तथा डिजेल प्लान्टको सञ्चालनबाट प्राप्त गर्दै आएको र ठूलो परिमाणमा डिजेलको खपत हुने गरेकोमा विद्युतिय उर्जा प्राप्त गरेपश्चात यसले डिजेल लगायतका बाह्य श्रोतबाट प्राप्त यस्ता उर्जाको श्रोत खपत कम गर्न सघाउने विश्वास कम्पनीले लिएको छ । यसले उल्लेख्य मात्रामा खर्च घटाउने समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के।सी। ले बताए ।

कम्पनीले सर्वोत्तम ब्राण्डमा हाल दैनिक ३००० मेट्रिक टन क्लिंकर र ३००० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको तथा निकट भविष्यमै २०००र२००० हजार मेट्रिक टन क्षमता थप गर्ने तयारी गरिरहेको छ भने सर्वप्रथम बुक बिल्डिङ्ग विधीबाट सार्वजानिक शेयर निष्काशनको क्रममा समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्