प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/prime-commercial-Bank-1-768×486.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/prime-commercial-Bank-1.jpg 800w” sizes=”(max-width: 474px) 100vw, 474px” />
प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्र असार २२ गते बुधबार बाँडफाँट भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँट गरेको हो ।

कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलब १५ प्रतिशत ब्याजदर भएको ‘१० दशमलब १५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री गरेको थियो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

कमेन्ट गर्नुहोस्