जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Jonson_Belayat_OP-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Jonson_Belayat_OP-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Jonson_Belayat_OP-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/Jonson_Belayat_OP.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन् । बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधबार राजीनामा दिएका हुन् ।

क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन् । यसअघि अर्थमन्त्री र शिक्षामन्त्रीले राजीनमा दिएका थिए ।

प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर मन्त्रीहरूले धमाधम राजीनामा दिएका हुन् । एकपछि अर्को मन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिस जोनसन थप दबाबमा परेका छन् ।

कमेन्ट गर्नुहोस्