संसद बैठक २ बजेका लागि सर्‍यो

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/samsad-parliment-meeting-final-768×440.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/samsad-parliment-meeting-final.png 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधि सभामा राख्न चाहेका छन् ।

एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । यसबारे अहिले पनि संसदमा रहेका प्रमुख दलहरुबीच छलफल चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्