कनका सुन्दरी गाउँपालिकाका सबै सेवा अब एकै भवनबाट     

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/rr-1-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/rr-1-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/rr-1-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/rr-1.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिन थालेको छ ।  भवन अभावमा यसअघि विषयगत शाखा विभिन्न ठाउँमा राखिए पनि अब एकै स्थानबाट सेवा प्रवाह हुन थालेकाे हाे ।

विषयगत शाखा छरिदा नगरिकलाई सेवा प्रवाहमा असहज भएको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठातले बताए । उनले भने, ‘यसले गर्दा नागरिकलाई सेवा लिन झन्झट र पालिकालाई समेत मंहगो पर्दै आएकाे थियो ।’ उनका अनुसार यही कारण पालिकाले एउटै भवन भाडामा लियर सबै  विषयगत शाखा एकै भवन बाट सन्चालन गरेको हो ।

नागरिकलाई सन्तुष्ट गराउन एकै थलोबाट सेवा दिन थालेकाे गाउँपालिकाका अध्यक्ष दामादरप्रसाद आचार्यले बताए । अब पालिकाले आफ्नै भवन समेत बनाउनतर्फ लाग्ने उनले बताए ।

०७४ सालमा निर्वाचित स्थानीय सरकारहरूको पाँच वर्षे कार्यकाल सकिँदा समेत  सेवाप्रवाह एकीकृत तवरबाट भएको थिएन ।

कमेन्ट गर्नुहोस्