ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई आजबाट बिक्री खुल्ला

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ime-capital-1024×640.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/ime-capital-768×480.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ime-capital.jpg 1280w” sizes=”(max-width: 480px) 100vw, 480px” />
 ग्लोबल आइएमई क्यापिटलले बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यो एक बन्दमुखी योजना हो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्य १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ ।

दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेभ तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्