‘७७७ चार्ली’को मुनाफा सामाजिक काममा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Charli-1024×768.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Charli-768×576.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Charli.png 1200w” sizes=”(max-width: 400px) 100vw, 400px” />
फिल्म ‘७७७ चार्ली’का अभिनेता रक्षित शेट्टीले फिल्मबाट प्राप्त पाँच प्रतिशत मुनाफा सामाजिक काममा खर्च गरिने घोषणा गरेका छन् । उनले सामाजिक काममा सक्रिय देशभरका गैरसरकारी संस्थालाई उक्त रकम दिइने घोषणा गरेका हुन् । रक्षितले यो सहयोग चार्लीको नाममा गरिने खुलाएका छन् ।

उनले फिल्मको कमाईको १० प्रतिशत रकम फिल्मलाई क्लाइमेक्ससम्म पु¥याउन सहयोग गर्ने व्यक्तिमाझ वितरण गरिने  बताए । ‘७७७ चार्ली तपाईंसम्म पुगेको २५ दिन भयो । यसलाई दर्शकले मनपराइरहेका छन् । हाम्रो खुशीको सीमा नै छैन । किनकी यो फिल्मले जुन किसिमको प्रशंसा र पहिचान पायो, त्यो सम्झनायोग्य छ’, उनले भनेका छन् ।

चार्लीको नाममा भारतभर गैर सरकारी संस्थाहरु खुलेका छन्, जसले कुकुर र जनावरको कल्याणका लागि काम गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्