श्रीलंकामा अब एक दिनलाई पुग्ने इन्धन बाँकी

Share:
arthasanjal.com/wp-content/uploads/2022/03/petrol-disel-pump-petrolium-noc-oil-768×496.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/03/petrol-disel-pump-petrolium-noc-oil.jpg 890w” sizes=”(max-width: 464px) 100vw, 464px” />

श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जामन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात सबै ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन अवस्थामा छन् ।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए । अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् ।

टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।

कमेन्ट गर्नुहोस्