युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ ।
बिहीबार उनीहरुबीच मस्कोमा भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो । पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन् ।
त्यसवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा रुसले छिमेकी देश तथा इन्डोनेसियाका लागि आवश्यक पर्ने कृषि मल उपलब्ध गराउने बताएको क्रेमलिनले जानकारी दिएको छ ।
उनले रुस र युक्रेनको पछिल्लो अवस्थाका बारेमा त्यस अवसरमा जनकारी गराएको बताइएको छ । उता अर्को एक समाचारमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले भने रुससँग लड्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन नेटो राष्ट्रहरुलाई आग्रह गरेका छन् ।
उनले नेटोको सम्मेलनलाई हालै सम्बोधन गर्दै युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको बताएका थिए । एजेन्सी