तालिबान प्रशासनका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा शुक्रबार अफगानिस्तानको जिर्गा वा धार्मिक विद्वान र एल्डरहरूको महासभामा भाग लिएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार तालिबानका सर्वोच्च नेताले सहभागीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहीबार शुरु भएको तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन युद्धग्रस्त देशका करिब ३ हजार ५ सय उलेमा (धार्मिक विद्वान्) लाई निमन्त्रणा गरिएको सरकारी समाचार संस्था बख्तरले जनाएको छ ।
कमेन्ट गर्नुहोस्