अख्तियारले गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसीलाई पक्राउ गरेको छ । उनलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको जानकारी दिएकाे छ ।
काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।
कमेन्ट गर्नुहोस्